चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 881 of 1160
  • 2026-11-25
  • 16:57:45
  • बुधबार,मंसिर १०, २०८३

About Author

सन्दीपको मुद्दाको फैसला आज हुँदै

काठमाडौं -  क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार अन्तिम सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा अन्तिम सुनुवाइ गर्न सोमबार पेशी तोकिएको हो । उजुरी दिने किशोरीको मेडिकल जाँच गर्ने चिकित्सक र क्रिकेटर साहब आलमको बकपत्र सकिएकोले यसै मुद्दामा सोमबार नै अन्तिम सुनुवाइ गरिने भएको हो । यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो । गत भदौ २१ गते एक किशोरीले सन्दीपबिरुद्ध बलात्कारको आरोपमा गौशाला प्रहरी वृत्तमा जाहेरी दिएपछि सन्दीप थुनामा परेका थिए । पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।