एसीसी प्रिमियम कपमा आज दुई खेल हुँदै  - Chaitanya News
  • 2026-07-26
  • 12:34:35
  • आइतबार,साउन १०, २०८३
  • एसीसी प्रिमियम कपमा आज दुई खेल हुँदै 

    एसीसी प्रिमियम कपमा आज दुई खेल हुँदै 

    काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। मुलपानी मैदानमा नेपाल र साउदी अरबका बीचमा तिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने अर्को खेलमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछन्।

    यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो। साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो। यसअघिको खेलमा विजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन्।

    उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनले पराजित गर्दै बहराइनसँग भिडन लागेको हो। बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटले पराजित भएको टिम हो।