चैतन्य एकेडेमीका विद्यार्थीहरूसँग साहित्यकार महेश पौड्याल - Chaitanya News
  • 2026-05-02
  • 04:54:18
  • शुक्रबार,बैशाख १८, २०८३
  • चैतन्य एकेडेमीका विद्यार्थीहरूसँग साहित्यकार महेश पौड्याल

    चैतन्य एकेडेमीका विद्यार्थीहरूसँग साहित्यकार महेश पौड्याल

    धनगढी- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागका उपप्राध्यापकसमेत रहेका साहित्यकार महेश पौड्याल धनगढी-५ शिवनगरस्थित चैतन्य एकेडेमीले आयोजना गरेको एक कार्यक्रमा सहभागी भएका छन्।

    बालबालिकाका लागिसमेत साहित्य सिर्जना गरेका पौड्याललाई आमन्त्रण गरेर विद्यालयले अध्ययन संस्कृतिको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयक कार्यक्रमको आयोजना गरेको हो।

    ‘बालबालिकामा अध्ययन संस्कृतिको विकास गराउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पठन संस्कृतिको विकासले विद्यार्थीलाई मेहेनेति बनाउँछ। मेहेनेतले व्यक्तिलाई सफल तुल्याउँछ। त्यसैले बालबालिकाको पठन संस्कृति विकासका लागि विद्यालयदेखि परिवारसम्मको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले भने। बालबालिकालाई प्रेरित हुने खालका कार्यक्रम र क्रियाकलाप गरेर अध्ययन संस्कृतिप्रति आकर्षित गराउन सकिने उनले बताए।

    सिकाई र सृजनशिलताले नै चैतन्य जीवन निर्माणमा टेवा पुर्‍याउने उनको धारणा थियो। बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादकका रुपमा पौड्याल परिचित छन्।

    विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गराउन पौड्याललाई बोलाएर कार्यक्रम गरिएको एकेडेमीका निर्देशक गणेश जोशीले बताए। कार्यक्रममा विद्यार्थीका साथै विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सिपल हरि प्रसाद जोशी, सहायक प्रधानाध्यापक कटक सिंहलगायको उपस्थिति रहेको थियो। चैतन्य पाठशालामा मन्टेश्वरी देखी कक्षा १० सम्म पढाइ हुँदै आएको छ।