काठमाडौं- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।
करिब आठ हजार मत गणना हुँदा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन्।
निर्वाचन आयोगका अनुसार वाग्लेले चार हजार ३०३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भट्टराईले १९३३ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत पाएका छन्।
आयोगका अनुसार अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना गर्ने काम सकिएको छ। अन्य क्षेत्रको मतगणना जारी छ।