चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 513 of 1158
  • 2026-11-25
  • 08:46:15
  • बुधबार,मंसिर १०, २०८३

About Author

यस्तो छ तपाईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आकस्मिक धन लाभ हुनसक्छ । मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्ने छन् । पारिवारिक साथ र सद्भाव बढ्ने छ । धनु–  ये, यो, भा, भि, भु, धा, फा, ढा, भे लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा खुसी छाउने छ । पारिवारिक सहयोग मिल्ने छ । कुम्भ–  गु, गे, गो, सा, सि, सु, से, सो, दा आज शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात् सफलता हात पर्न सक्छ । वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो जीवन साथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पढाई पनि राम्रो हुनेछ । कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला । कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक योजना र त्यसबाट दीर्घकालीन फाइदा लिन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ । वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक पक्ष भने राम्रो हुने देखिन्छ । मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि आज सामाजिक कार्यबाट सफलताको योग छ । जोशजाँगर र हिम्मत बढ्ने छ । नयाँ कार्यको योजना बन्ने छ र छोटो यात्रा पनि हुनेछ । मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नु पर्ला । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।