चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 466 of 1158
  • 2026-11-25
  • 03:36:34
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय

काठमाडौँ– निर्वाचन आयोगले भोलि (माघ ५ गते) देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगको आज (आइतबार) बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ। आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको समेत अनुगमन गर्नेछ। फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।

News by माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय :