प्रतिनिधि सभा सदस्य निर्वाचन कम खर्चमा सम्पन्न हुनुपर्नेमा अर्थमन्त्री खनालको जोड - Chaitanya News
  • 2026-11-21
  • 15:28:47
  • शनिबार,मंसिर ०६, २०८३
  • प्रतिनिधि सभा सदस्य निर्वाचन कम खर्चमा सम्पन्न हुनुपर्नेमा अर्थमन्त्री खनालको जोड

    प्रतिनिधि सभा सदस्य निर्वाचन कम खर्चमा सम्पन्न हुनुपर्नेमा अर्थमन्त्री खनालको जोड

    काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधि सभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन्।

    आज (आइतबार) निर्वाचन आयोगका पदाधिकारीसँग भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा उनले जोड दिए।

    यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता जनाए।

    अर्थमन्त्री खनालले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहोरात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गरेका छन्।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागु हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरूलाई अवगत गराइने बताए।

    त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्री खनाललाई निर्वाचन तयारीबारे गराएका छन्