काठमाडौं– प्रधानमन्त्री सुशीला कार्यकीले मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् । आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यकी मन्त्रीहरूसहितको बैठक बोलाएकी हुन्।
आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन्।