यी हुन् लुम्बिनीका १२ जिल्लामा नेकपाले टुंगो लगाएको उम्मेदवार - Chaitanya News
  • 2026-04-26
  • 23:47:38
  • आइतबार,बैशाख १३, २०८३
  • यी हुन् लुम्बिनीका १२ जिल्लामा नेकपाले टुंगो लगाएको उम्मेदवार

    यी हुन् लुम्बिनीका १२ जिल्लामा नेकपाले टुंगो लगाएको उम्मेदवार

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पूर्वी रुकुममा नेकपा संयोजक प्रचण्ड आफैं उम्मेदवार छन्।

    प्रदेश राजधानी दाङका दुई वटा निर्वाचन क्षेत्रमा भने साविक माओवादी र साविक एकीकृत समाजवादीबीच कुरा नमिल्दा उम्मेदवार टुंगो लागेको छैन।

    दाङ क्षेत्र नम्बर ३ मा नेकपाबाट तत्कालीन माओवादी लडाकुका डिभिजन कमाण्डर धनबहादुर मास्कीको नाम टुंगो लागेको छ। उनी हाल लुम्बिनी प्रदेश सभा सदस्य छन्। दाङ क्षेत्र नम्बर १ को उम्मेदवारलाई लिएर तीव्र मतभेद छ।

    अघिल्ला दुई निर्वाचनमा विजयी मेटमणि चौधरीलाई तेस्रोपटक पनि उम्मेदवार बनाउने तयारी भइरहेका बेला पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले विरोध जनाएका छन्। सोनाम साविक माओवादीका नेता हुन् भने चौधरी साविक एकीकृत समाजवादीका नेता हुन्। रोल्पा घर भएका केसीले आफूले दाङ १ बाट टिकट नपाए बागी उम्मेदवारी दिने चेतावनी दिएका छन्।

    दाङ क्षेत्र नम्बर २ मा साविक माओवादी नेता निर्मल आचार्य उम्मेदवार बन्ने चर्चा रहे पनि पार्टीले निर्णय गरिसकेको छैन। यो क्षेत्रमा अघिल्लो निर्वाचनमा माओवादी नेता रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई हराएकी थिइन्। यसपटक शर्मा उम्मेदवार सिफारिस नै भइनन् ।

    लुम्बिनीमा नेकपाले टुंगो लगाएका उम्मेदवारहरु यी हुन्–

    पश्चिम नवलपरासी १– सिन्धु जलेसा

    पश्चिम नवलपरासी २– देवेन्द्र पौडेल

    रुपन्देही २– विश्वदीप पाण्डे

    रुपन्देही ३– फैयाद खान

    रुपन्देही ४– बाबुलाल यादव

    रुपन्देही ५– वकिल मुसलमान

    कपिलवस्तु १– कृष्ण कँवर

    कपिलवस्तु– २ र ३ टुंगिन बाँकी

    दाङ १– टुंगिन बाँकी (मेटमणि चौधरी वा कुलप्रसाद केसीको नाममा छलफल जारी)

    दाङ २– टुंगिन बाँकी (निर्मल आचार्यको नाममा छलफल जारी)

    दाङ ३– धनबहादुर मास्की

    पूर्वी रुकुम– प्रचण्ड

    रोल्पा– वर्षमान

    प्युठान– भोजविक्रम बुढा

    अर्घाखाँची– रामबहादुर चौहान

    गुल्मी १– सुदर्शन बराल

    गुल्मी २– बुद्धिबहादुर जीसी

    पाल्पा १– होमबहादुर सुनारी

    पाल्पा २– सोमप्रसाद पाण्डे

    बाँके– टुंगिन बाँकी

    बर्दिया १– बामदेव गौतम

    बर्दिया २– टुंगिन बाँकी (दुर्गा बहादुर थारु (कविर) वा लालवीर चौधरीको नाममा छलफल)