आज सेयर बजारका सबै सूचक बढे - Chaitanya News
  • 2026-05-01
  • 08:15:27
  • शुक्रबार,बैशाख १८, २०८३
  • आज सेयर बजारका सबै सूचक बढे

    आज सेयर बजारका सबै सूचक बढे

    काठमाडौं– आज (आइतबार) सेयर बजार (नेप्से परिसूचक) ३१.१२ अंक बढेको छ । मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका हुन् ।

    नेप्से परिसूचक ३१.१२ अंक वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ। कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो। कारोबार रकम बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ८ अर्ब ४० करोडको भयो।

    फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन्। जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो।

    आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो। सबै समूहगत सूचक बढेका छन्। फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो।

    त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे।

    ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन्। त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो।

    थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ८.७८ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन्।