काठमाडौं - साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सय रूपैयाँले बढेर एक लाख एक हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा एक लाख ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार २५ रूपैयाँले घटेर १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


