राष्ट्रपति भण्डारीले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने - Chaitanya News
  • 2026-04-25
  • 18:03:51
  • शनिबार,बैशाख १२, २०८३
  • राष्ट्रपति भण्डारीले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने

    राष्ट्रपति भण्डारीले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने छिन् ।

    राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।

    सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।

    ४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन् ।