काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको प्रतिक्रिया दिएका छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका थिए ।
मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सभापति देउवालाई देशले गौरव गर्नसक्ने नेता बन्न सुझाव दिए ।
थापाले सांसदहरु आधारभुतरुपमा स्वतन्त्र रहेको आफ्नो मान्यता रहेपनि कांग्रेसका बहुसंख्यक सांसदहरु पार्टीको नेता बदलियोस भन्ने नचाहेको देखिएको बताए ।
उनले आफ्नो परिवर्तन प्रतिको प्रस्ताव संसदीय दलमा अस्वीकृत भएको बताउदै बहुसंख्यक सांसदले अहिले कै जसरी चलोस् भनेर मतदान गरेकोले आफुले यसलाई सहज रुपमा लिएको बताए ।
थापाले आफुले बाँकी सांसदको मन जित्ने प्रयास गरिरहने बताउदै आफुले फेरी प्रतिष्पर्धा गर्न तयारी थाल्ने बताए ।
संसदीय दलको नेतामा विजयी भएका सभापति शेरबहादुर देउवाले ६४ मत पाएर विजयी भएका छन् भने थापाले २५ मत पाएका छन् ।