सकियो कांग्रेस संसदीय दलको मतदान , केहीबेरमा गणना हुने - Chaitanya News
  • 2026-05-07
  • 07:47:27
  • बिहिबार,बैशाख २४, २०८३
  • सकियो कांग्रेस संसदीय दलको मतदान , केहीबेरमा गणना हुने

    सकियो कांग्रेस संसदीय दलको मतदान ,  केहीबेरमा गणना हुने

    काठमाडौँ -नेपाली कांग्रेस संसदीय दलको नेता चयनको मतदान सकिएको छ ।

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको मतदानमा कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् ।

    कांग्रेसका ८८ सांसद मतदान स्थल मै उपस्थित भएर मतदान गरेका छन् भने एक सांसद माया राइले भने अस्पतालमा रहेका कारण अस्पतालबाट नै मतदान गरेकी छन् । राई सुत्केरी भएका कारण ओम अस्पतालमा भर्ना छिन् ।अब केहीबेरपछि मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

    यस अघि बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि मतदानस्थलमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने भन्ने विवादले मतदानमा ढिलाइ भएको थियो ।तर मतदानस्थलमा मोबाइल लैजान नदिने सहमति भएपछि मतदान भएको थियो ।

    मतदाता नामावली हेरेर मात्र सांसदहरूलाई भित्र प्रवेश गर्न दिइएको छ भने सांसद बाहेक अन्य नेताहरुलाई भित्र जनाबाट रोकिएको थियो ।

    कांग्रेस संसदीय दलको नेता चयनका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार बनेका छन् भने संसदीय दलको नेता चयन गर्न कांग्रेसका ८९ जना सांसदले मतदान गर्दैछन् ।