चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 966 of 1164
  • 2026-11-27
  • 15:48:43
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

सेना दिवसमा भारतीय सेनाका पाँच पूर्व प्रमुख नेपाल आउँदै

काठमाडौँ- नेपाली सेना दिवसको अवसरमा काठमाडौँमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्व प्रमुख नेपाल आउने भएका छन्। काठमाडौं, टुँडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन भारतीय सेना प्रमुखहरू नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् । शिवरात्रिका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन भारतीय सेनाका पूर्व प्रमुखहरूलाई आमन्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको छ । नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो वर्ष शिवरात्रि फागुन ६ गते परेको छ। हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइन्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरू गर्न लागिएको छ।

News by सेना दिवसमा भारतीय सेनाका पाँच पूर्व प्रमुख नेपाल आउँदै :