काठमाडाैँ- नवनियुक्त तीनजना कुलपतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार बिहान प्रधानमन्त्री निवास बालुबाटारमा उनीहरूले शपथ लिएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन्।