झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै - Chaitanya News
  • 2026-06-23
  • 17:55:00
  • मंगलबार,आषाढ ०९, २०८३
  • झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै

    झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाने भएका छन्।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल बिहीबार भारतको पटना जान लागेका हुन्। भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रण अनुसार पार्टी प्रतिनिधित्व गर्दै नेता खनाल त्यसतर्फ जान लागेका हुन्।

    ‘बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नुभएको हो’, नेता खनालको सचिवालयले जनाएको छ। त्यस क्रममा नेता खनालले राजनीतिक भेटघाट समेत गर्ने बुझिएको छ। उनले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

    नेपालमा राष्ट्रपति निर्वाचन पेचिलो बनिरहेका बेला राष्ट्रपतिका आकांक्षीसमेत रहेका खनालको भारत भ्रमणलाई विशेष अर्थका रुपमा हेरिएको छ।