काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति चयनका विषयमा गठबन्धनमा विवाद कायम रहेको बेला दुई शीर्ष नेताबीच फेरी छलफल भएको छ । साथै सरकारलाई पूर्णता दिने र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।
विशेष गरि एमालेले पूर्वसहमति अनुसार राष्ट्रपतिमा गठबन्धनबाट आफ्नो उम्मेदवार हुनेपर्ने अडान राख्दै आएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुनुपर्ने बताउदै आएको छ ।