चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 211 of 1152
  • 2026-11-22
  • 08:44:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रचण्डले भने: एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ

विराटनगर– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको बताए। महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए। ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ उनले भने। अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए। पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलङ्का जान लागेको अध्यक्ष दाहालले बताए।

News by प्रचण्डले भने: एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ :