काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला प्रतिनिधित्व भएको छ।
निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्यमा ४९ जना महिला उम्मेदवार विजयी भएका हुन्। यो प्रतिशतका हिसाबले ४९.४९ प्रतिशत हो।
बिहीबार भएको निर्वाचनमा ३८४ जना उम्मेदवार थिए। राति सार्वजनिक भएको मतपरिणम अनुसार केन्द्रीय समितिमा महिला र पुरुष हाराहारीमै निर्वाचित भए।
रास्वपाका ९९ केन्द्रीय सदस्य निर्वाचनबाट तय हुने विधानको व्यवस्था छ। बाँकी ५१ सदस्य सभापतिले मनोनित गर्नेछन्। बागमती प्रदेशतर्फ सबै निर्वाचित केन्द्रीय सदस्य सबै महिला छन्।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले पार्टीका हरेक कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ।
भूगोलतर्फ ७५ प्रतिशतभन्दा बढी र खुला प्रतिस्पर्धामा समेत ४० प्रतिशत हाराहारी महिलाहरू निर्वाचित भएर आउनुले पार्टीको नीति निर्माणको केन्द्रमा महिला नेतृत्वको बलियो हस्तक्षेप स्थापित भएको सङ्केत गर्छ।
रास्वपाको पूर्ण केन्द्रीय समिति १५८ सदस्यीय हुने व्यवस्था रहेकाले अब बाँकी ५१ जना मनोनीत गर्ने क्रममा पार्टीले समग्र जातीय र क्षेत्रीय समावेशिताको सन्तुलनलाई कसरी मिलाउँछ भन्ने चासोको विषय बनेको छ।
यी हुन् महिला रास्वपाका ४९ महिला केन्द्रीय सदस्य:
१. सोविता गौतम
२. तोसिमा कार्की
३. रञ्जु दर्शना
४. निशा डाँगी
५. इन्दिरा रानामगर
६. रिमा विश्वकर्मा
७. समीक्षा बाँस्कोटा
१०. प्रकृति ढकाल
८. गीता चौधरी
९. लिमा अधिकारी
११. टीका संग्रौला
१२. क्रान्तिशिखा धिताल
१३. जमुना शर्मा
१४. शुशीला कार्की पोखरेल
१५ आशिका तामाङ
१६. अनुष्का श्रेष्ठ
१७. निशा श्रेष्ठ
१९. करिश्मा कठरिया
२० जुली यादव
२१. कामिनी चौधरी
२२. सविना विक
२३. खिमा विक
२४ समिन्ना मियाँ
२५. निशा मेहता
२६. शोभा कार्की
२७. कल्पना थापा
२८ सुजाता तामाङ
२९ सुष्मा बस्नेत
३० सुनिता कुमारी चौधरी
३१ नमिता यादव
३२ मञ्जु सिंह
३३ प्रभा ढकाल
३४ विदुषी राणा
३५ आकांक्षा पोखरेल
३६ अनिता श्रेष्ठ
३७ पार्वती थापा
३८ पवित्रा थापा
३९ विष्णु कुमारी गुरुङ
४० कल्पना पाण्डे
४१ संगीता ढकाल
४२. शर्मिला खनाल
४३ ज्ञानु पौडेल
४४ सीता बादी
४५ विनिता कठायत
४६ टासी ल्हांगजोम
४७ मेनुका शाही
४८ जानिका जोशी
४९ चन्द्रा ऐर चाँदनी