पहिलो हाफमा अग्रता गुमाउँदै टर्कीसँग २–१ ले पछि पर्‍यो अमेरिका - Chaitanya News
  • 2026-06-26
  • 11:03:23
  • शुक्रबार,आषाढ १२, २०८३
  • पहिलो हाफमा अग्रता गुमाउँदै टर्कीसँग २–१ ले पछि पर्‍यो अमेरिका

    पहिलो हाफमा अग्रता गुमाउँदै टर्कीसँग २–१ ले पछि पर्‍यो अमेरिका

    काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा पहिलो हाफ सकिँदा अमेरिका सुरुवातमा लिएको अग्रता गुमाउँदै टर्कीसँग २–१ ले पछि परेको छ।

    अमेरिकाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। अमेरिकाका लागि अस्टिन ट्रस्टीले गोल गरेका थिए।

    त्यसपछि खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

    यस्तै, ३१ औं मिनेटमा टर्कीका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाए।

    पहिलो हाफमा त्यसपछि थप गोल हुन नसक्दा अमेरिका त्यही अन्तरमा पछि छ।