रास्वपाको महामन्त्री पदमा ८ जनाको उम्मेदवारी - Chaitanya News
  • 2026-06-26
  • 13:41:48
  • शुक्रबार,आषाढ १२, २०८३
  • रास्वपाको महामन्त्री पदमा ८ जनाको उम्मेदवारी

    रास्वपाको महामन्त्री पदमा ८ जनाको उम्मेदवारी

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    चितवनमा जारी प्रथम महाधिवेशन अन्तरगतको दोस्रो चरणको पदाधिकारी निर्वाचनको अन्तिम नामावली सार्वजनिक हुँदा महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।

    रास्वपामा एक मात्र महामन्त्री निर्वाचनबाट छानिने व्यवस्था छ। त्यसमा १० जनाले उम्मेदवारी दिएका थिए। दुई जनाले फिर्ता लिएपछि अझै ८ जना मैदानमा छन्।

    सहमहामन्त्रीका उम्मेदवारहरू भने कोही पनि फिर्ता हुन चाहेनन्। ३ सहमहामन्त्रीका लागि १६ जना प्रतिस्पर्धामा छन्।