चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ।
पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ।
निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेदवारी परेको छ।
यस्तै, महामन्त्रीमा ९ जनाको उम्मेदवारी परेको छ। महामन्त्री उम्मेदवारमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना,गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य छन्।
आयोगले महामन्त्रीमा उम्मेदवार भनेर निकालेरका जगदिश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छ्न।
यस्तै, सहमहामन्त्रीमा ११ जनाले उम्मेदवारी दिएका छन्। रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री सहमहामन्त्रीका उम्मेदवार छन्।
यस्तै, सहमहामन्त्री महिलामा जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन्।
एक जना पुरुष खुलातर्फको उपसभापति पदमा स्वर्णीम वाग्ले सर्वसम्मत भएका छन् भने पार्टी सभापति रवि लामिछाने पनि सर्वसम्मत बनेका छन्। आज ५ पदाधिकारीका लागि निर्वाचन हुँदैछ।
रास्वपाको ६ दिनदेखि चलेको महाधिवेशनमा सहभागी धेरैजसो प्रतिनिधीहरु घर फर्किइसकेका छन्।