चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 460 of 1160
  • 2026-11-26
  • 00:53:05
  • बुधबार,मंसिर १०, २०८३

About Author

आज मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

काठमाडौँ– आज (बिहिवार) दिउँसो तीन बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री सुशीला कार्कीले बोलाएकी हुन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट पेस हुने नियमित प्रस्तावहरूमाथि छलफल भई आवश्यक निर्णय हुन सक्ने बताइएको छ। त्यसैगरी आजको बैठकमा मन्त्रिपरिषद्का सदस्यहरू निर्वाचनमा केन्द्रित भएको अवस्थाबारे पनि छलफल हुने बताइएको छ। स्रोतका अनुसार चुनावी सरकारका चार जना मन्त्रीले पद छोडेर निर्वाचनमा होमिएको सन्दर्भमा उत्पन्न परिस्थिति र आगामी निर्वाचन रणनीतिबारे पनि मन्त्रिपरिषदमा छलफल हुन सक्ने बताइएको छ ।

News by आज मन्त्रिपरिषद् बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ? :