काठमाडौँ– आज(बिहिबार) बिहान ११ बजे राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको छ। आजको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१र०८२ माथि छलफल हुनेछ।