आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल पराजित - Chaitanya News
  • 2026-04-26
  • 20:58:31
  • आइतबार,बैशाख १३, २०८३
  • आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल पराजित

    आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल पराजित

    काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ।

    १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके।

    त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए। रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन्। बिन्दु रावलले १८ रन बनाइन्।

    नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन्। सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १(१ विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।

    नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन्। स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे।

    नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १(१ विकेट लिए।

    नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।

    नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ।