आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य - Chaitanya News
  • 2026-05-03
  • 09:20:30
  • आइतबार,बैशाख २०, २०८३
  • आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

    आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

    काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ४१ रनको लक्ष्य दिएको छ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो।

    नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन्। रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे।

    १५ रनमै २ विकेट गएपछि बाबेट र कालिस मिलेर ७९ रनको साझेदारी गरेका थिए । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १र१ विकेट लिए।

    नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।