चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 452 of 1161
  • 2026-11-26
  • 11:24:44
  • बिहिबार,मंसिर ११, २०८३

About Author

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ३ लाख १९ हजार नजिक

काठमाडौँ– आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो। महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो। तर, बुधवार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ। आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ। यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो।  

News by सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ३ लाख १९ हजार नजिक :