कांग्रेसले भन्यो: चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ - Chaitanya News
  • 2026-05-03
  • 04:18:41
  • शनिबार,बैशाख १९, २०८३
  • कांग्रेसले भन्यो: चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ

    कांग्रेसले भन्यो: चुनावमा हाम्रो प्रतिस्पर्धा पुरानै पार्टीसँग हुन्छ

    काठमाडौं– नेपाली कांग्रेसले आगामीफागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ। आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन्।

    ‘यो गम्भीर कुरा पनि हो। मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ।’

    चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता पारिएको पनि बताए। १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोबारे जानकारी गराउँदै उनले भने,’पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथिमकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ।’