बैतडी र बागलुङमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित - Chaitanya News
  • 2026-05-02
  • 10:33:14
  • शनिबार,बैशाख १९, २०८३
  • बैतडी र बागलुङमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित

    बैतडी र बागलुङमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित

    बैतडी– बैतडी र बागलुङ जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ ।

    हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ।

    ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन्।

    हिमपातका कारण धारामा पानी जमेको छ। निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ। ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ। हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन्।