आजको मौसमः उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-05-03
  • 03:23:25
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौसमः उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    आजको मौसमः उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।

    यस्तै, आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्ने महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ।

    यसैगरी, महाशाखाका अनुसार, आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।

    हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ।