काठमाडौँ– आज (बुधबार) दिउँसो सवा १ बजे सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। बैठक सिंहदरबारमा बस्नेछ।
बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन्। शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन्।
विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ।