आठ जना उपसचिव पदका लागि बढुवा सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-04-26
  • 17:55:06
  • आइतबार,बैशाख १३, २०८३
  • आठ जना उपसचिव पदका लागि बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    आठ जना उपसचिव पदका लागि बढुवा सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– बढुवा समितिको सचिवालयले आठ जना शाखा अधिकृत उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

    आज (बुधबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल कृषि सेवा, एग्री–इकोनोमिक्स तथा मार्केटिङ्ग समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदमा आठ जना शाखा अधिकृतलाई बढुवाका लागि सिफारिस गरेको हो।

    मन्त्रालयद्वारा प्रकाशित संशोधित बढुवा सिफारिस योग्यताक्रमको सूचीअनुसार, सूचना नं. ४७ (०८१–८२) का आधारमा नेपाल कृषि सेवा, एग्री–इकोनोमिक्स तथा मार्केटिङ्ग समूह, राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८१ पुष २१ को निर्णयअनुसार सिफारिस योग्यताक्रम निर्धारण गरिएको थियो।

    त्यसैगरी, सूचना नं.९६ (०८१–८२) अनुसार प्रशासन सेवा अन्तर्गत सम्बन्धित समूह र श्रेणीका पदमा कार्यक्षमताका आधारमा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८१ पुष २७ को निर्णयअनुसार सिफारिस योग्यताक्रम निर्धारण गरिएको थियो।

    उक्त निर्णयहरूसँग सम्बन्धित विषयमा प्रशासकीय अदालतमा परेको पुनरावेदन (पु.ले.नं. ०८–००४०) मा अदालतबाट मिति २०८२ मंसिर २६ मा भएको फैसला कार्यान्वयन भएपछि संशोधित योग्यताक्रम कायम हुन आएको हो।

    सोही अनुसार, बढुवा समितिको हिजो बसेको बैठकले आठ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।