भिन्न कार्यक्रम गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै - Chaitanya News
  • 2026-04-26
  • 17:42:27
  • आइतबार,बैशाख १३, २०८३
  • भिन्न कार्यक्रम गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

    भिन्न कार्यक्रम गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ– आज विभिन्न कार्यक्रम गरी सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ।

    आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो।

    मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो। सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ।