चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 443 of 1161
  • 2026-11-26
  • 10:41:44
  • बिहिबार,मंसिर ११, २०८३

About Author

प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको छ, मन्त्री–सांसदले खाने तलब न्यून हो :बालेन शाह

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको बताएका छन् । आज (मंगलबार) झापा–५ का मतदातासँग कुराकानी गर्दै बालेनले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका हुन्। यस्तै उनले मतदातासँग कुराकानी गर्दा शिक्षा र स्वास्थ्यका विषयमा संविधानमा भएको व्यवस्थाअनुरूप काम गर्न बजेट अभाव रहेको कुरा बताएका थिए । जसको जवाफमा एक मतदाताले ‘बजेट छैन भने प्रदेश संरचना खारेज गरे पर्याप्त पैसा बच्ने’ दाबी गरे। त्यसपछि बालेनले भने, ‘होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो। त्यो पनि एक भ्रम हो। मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन।’ नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भएको भन्दै बालेनले मतदातालाई आश्वास्त पार्न खोजेका थिए।    

News by प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको छ, मन्त्री–सांसदले खाने तलब न्यून हो :बालेन शाह :