नेपालले आज यूएईसँग टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै - Chaitanya News
  • 2026-04-29
  • 05:00:15
  • मंगलबार,बैशाख १५, २०८३
  • नेपालले आज यूएईसँग टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

    नेपालले आज यूएईसँग टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

    काठमाडौँ– नेपाल आज (मंगलबार) यूएईसँग खेल्ने भएको छ। आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपाल आज (मंगलबार) यूएईसँग खेल्न लागेको हो।

    नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ।

    यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो।

    श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो।

    टी– २० विश्वकप फेब्रुअरी ७ ९माघ २४० देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ।

    नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज अनि फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ