चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1108 of 1115
  • 2026-10-15
  • 14:03:00
  • बिहिबार,आश्विन २९, २०८३

About Author

प्रचण्डले र जापानी सत्तारुढ दलका वरिष्ठ नेता तोसिहिरो निक्कइ भेटवार्ता

काठमाडौं– जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले त्यहाँको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिव तथा वरिष्ठ नेता तोसिहिरो निक्कइ भेटवार्ता गरेका छन्। उक्त भेटमा नेपाल–जापान बीचको सम्बन्ध लगायत विभिन्न विषयमा छलफल भएको प्रचण्ड सचिवालयले बताएको छ। ‘नेता निक्कइ र प्रचण्डबीचको भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदान–प्रदानदेखि स्थानीय सहररनगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत्, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको छ,’ सचिवालयले बताएको छ। दुई नेताहरुको भेट सत्तारुढ दलको प्रधान कार्यलय टोकियोमा भएको थियो। साउन २१ गते जापान प्रस्थान गरेका प्रचण्ड साउन २५ गते स्वदेश र्फकने कार्यक्रम रहेको छ।  

News by प्रचण्डले र जापानी सत्तारुढ दलका वरिष्ठ नेता तोसिहिरो निक्कइ भेटवार्ता :