ट्राफिक नियम उल्लङ्घन गर्ने ५२१ चालक कारबाहीमा, १०५ जनाले मापसे गरे - Chaitanya News
  • 2026-06-10
  • 00:05:16
  • मंगलबार,जेठ २६, २०८३
  • ट्राफिक नियम उल्लङ्घन गर्ने ५२१ चालक कारबाहीमा, १०५ जनाले मापसे गरे

    ट्राफिक नियम उल्लङ्घन गर्ने ५२१ चालक कारबाहीमा, १०५ जनाले मापसे गरे

    काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५२१ जना चालकलाई कारबाही गरिएको छ।

    उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले मदिरा पिएर सवारी साधन चलाउने १०५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ५१ जनालाई कारबाही गरेको हो।

    यस्तै, एकतर्फी सडकमा सो विपरीत चलाउने ३७ जना, सिटबेल्टको प्रयोग नगर्ने १४ जना, फुटपाथमा पार्किङ गर्ने ११ जना र हर्नको अनावश्यक प्रयोग गर्ने ४ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।