बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, जसपाका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित - Chaitanya News
  • 2026-06-10
  • 00:04:10
  • मंगलबार,जेठ २६, २०८३
  • बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, जसपाका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित

    बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, जसपाका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित

    काठमाडौं– बिहीबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँटफाँटमा छलफल गर्न बैठक बसिरहेको छ।

    तर उक्त बैठकमा सत्ता साझेदार जनता समाजवादी पार्टी अनुपस्थित भएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका छैनन्।

    माग गरेजति सिट दिन गठबन्धन तयार नभएको भन्दै यादव एमालेतिर ढल्किएका छन्। उनले गठबन्धनमा प्रतिनिधि सभामा २५ सिट माग गरेका थिए।

    तर उक्त माग अनुसार सिट दिन गठबन्धन तयार नभएपछि बिहीबारको बैठक छाडेर अध्यक्ष यादव एमाले नेता रघुवीर महासेठलाई भेट्न पुगेका थिए।