एमालेले टुङ्गयायो सबै उम्मेद्वार एमालेलाई झापामा राप्रपाको भरोसा, - Chaitanya News
  • 2026-04-24
  • 13:39:52
  • शुक्रबार,बैशाख ११, २०८३
  • एमालेले टुङ्गयायो सबै उम्मेद्वार एमालेलाई झापामा राप्रपाको भरोसा,

    एमालेले टुङ्गयायो सबै उम्मेद्वार एमालेलाई झापामा राप्रपाको भरोसा,

    काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्लाका सबै निर्वाचन क्षेत्रका उम्मेद्वारको टुंगो लगाएका छन्। जिल्लाका ५ वटै निर्वाचन क्षेत्रका संघीय सांसद र प्रदेश सांसदका उम्मेद्वारको टुंगो लागेको हो।

    राप्रपासँग चुनावी गठबन्धन गरेका ओलीले क्षेत्र नम्बर ३ भने राजेन्द्र लिङ्गदेनलाई सुम्पिएका छन्। राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चार वटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको हो।

    ओलीले क्षेत्र नम्बर एकमा स्थायी कमिटी सदस्य अग्नी खरेललाई उम्मेद्वार बनाएका छन्। सो क्षेत्रमा यसअघि माओवादी केन्द्रका राम कार्कीले जितेका थिए।

    केन्द्रिय सदस्य रविन कोइरालाको पकड रहेको एक नम्बरमा नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्माको उम्मेद्वारी पर्ने देखिएपछि एमालले खरेललाई उम्मेद्वारी बनाउनु परेको बताएको छ।

    एमालेले पूर्वमन्त्री समेत रहेका खरेललाई पार्टीको आवश्यकता र विपक्षीलाई टक्कर दिन सक्ने उम्मेद्वारका रुपमा क्षेत्र नं. १ बाट उम्मेद्वार बनाइएको बताएको छ।

    एक नम्बरमा यसअघि संविधान सभा सदस्य निर्वाचन जितेका र मेची नगरका पूर्वमेयर समेत रहेका कोइरालालाई भने एमालेले प्रदेश सांसदको उम्मेद्वार बनाएको छ।

    क्षेत्र नम्बर दुईमा एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरे, क्षेत्र नम्बर ३. राप्रपालाई छोडेको एमालेले ४ नम्बर क्षेत्र निर्माण व्यवसायी समेत रहेका पूर्व सांसद लालप्रसाद साँवालाई उम्मेद्वार बनाएको छ।

    ५. नम्बर क्षेत्रबाट अध्यक्ष ओलीले चुनाव लड्ने भएका छन्। यसअघि पनि ओली सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनको गृहनगर दमक नगरपालिका राप्रपाले जितेको छ।

    प्रदेशतर्फ क्षेत्र नं. १ को एउटा क्षेत्र राप्रपालाई छोडेर अर्को क्षेत्रमा एमाले केन्द्रीय सदस्य रविन कोइरालालाई उम्मेद्वार बनाउने तयारी छ।

    क्षेत्र नं. २ मा प्रदेश सचिव चिन्तन पाठक र प्रदेश सदस्य एकराज कार्की दोहरिने भएका हुन्। क्षेत्र नं. ३ “क” मा प्रदेश सदस्य बशन्त बानिया र “ख” मा केन्द्रीय सदस्य हरी राजवंसी उम्मेद्वार हुने भएका छन्।

    क्षेत्र नं. ४ “क” मा एमालेका राधाकृष्ण खनाल हुनेछन् भने “ख” राप्रपाले पाउने भएको छ। त्यस्तै प्रदेशतर्फ क्षेत्र नं. ५ को “क” मा स्थायी कमिटी सदस्य हिक्मत कार्की दोहरिने छन् भने “ख” बाट प्रदेश सदस्य होमबहादुर थापा उम्मेद्वार बन्ने भएका छन्। थापा ओलीका नातेदार हुन्।