चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 142 of 1153
  • 2026-11-22
  • 20:03:10
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ– सशस्त्र प्रहरी उपरीक्षक (एसपी( हरूको सरुवा गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल, सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज (बिहीबार) एक सूचना मार्फत शस्त्र प्रहरी उपरीक्षक (एसपी( हरूको सरुवा गरेको जानकारी दिएको हो। सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयानुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो। सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका उपरीक्षकहरूलाई सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब भत्ता तथा रासन पाउने गरी विभिन्न कार्यालयहरूमा काज–सरुवा गरिएको जनाइएको छ। यो सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुनेछ। यस सम्बन्धमा आवश्यक व्यहोरा अभिलेख किताबमा जनाई दिनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना ९प्रहरी शाखा०, लैनचौर, काठमाडौँलाई पत्रमार्फत अनुरोध गरिएको छ। साथै सम्बन्धित कार्यालयहरूलाई पनि अभिलेख किताबमा आवश्यक व्यहोरा जनाउन बोधार्थमार्फत जानकारी गराइएको छ।

News by सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा, को कहाँ ? (सूचीसहित) :