चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 31 of 1111
  • 2026-10-11
  • 20:27:43
  • आइतबार,आश्विन २५, २०८३

About Author

परराष्ट्रमन्त्री खनालले अमेरिकी उपविदेशमन्त्रीलाई भेटे

न्युयोर्क– परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ। भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ। उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो। भेटघाटको अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

News by परराष्ट्रमन्त्री खनालले अमेरिकी उपविदेशमन्त्रीलाई भेटे :