परराष्ट्रमन्त्री खनालले अमेरिकी उपविदेशमन्त्रीलाई भेटे - Chaitanya News
  • 2026-09-23
  • 08:47:12
  • बुधबार,आश्विन ०७, २०८३
  • परराष्ट्रमन्त्री खनालले अमेरिकी उपविदेशमन्त्रीलाई भेटे

    परराष्ट्रमन्त्री खनालले अमेरिकी उपविदेशमन्त्रीलाई भेटे

    न्युयोर्क– परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ।

    भेटका अवसरमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ। उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो।

    भेटघाटको अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।