काठमाडौँ– लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले राष्ट्रिय मानव अधिकार सेवाअन्तर्गत अधिकृत तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो।
लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई आयोगले आगामी चरणको सामूहिक परीक्षण तथा अन्तर्वार्ताका लागि छनोट गरेको छ।


