चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 803 of 1153
  • 2026-11-22
  • 13:17:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नुपर्छ, कुनै बहाना स्वीकार्य छैन : नेता शाही

धनगढी- नेपाली कांग्रेसका नेता एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नुपर्ने बताएका छन्। उनले गेटामा प्रतिष्ठान बनाउने विषय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्। सुदूरपश्चिमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाबमुलक कार्यक्रम भइरहेको समयमा नेता शाहीले आन्दोलनमा एकेवद्धता जनाउँदै विश्वविद्यालय निर्माणको माग गरेका हुन्। 'किन्तु, परन्तु, लेकिन, बट जस्ता बहाना स्वीकार्य हुने छैनन्। ६ अर्बको लागतमा ४२ वटा भवन निर्माण हुँदा पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन ध्यान नदिनु लज्जाको विषय हो,' उनले भने। २०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो। आज कैलालीमा यातायात, बजार, उद्योग कलकारखाना, विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ।

News by गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्नुपर्छ, कुनै बहाना स्वीकार्य छैन : नेता शाही :