काठमाडौं- कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो।
दुर्घटनामा जिपका चालक शुभकालिका–२ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए। जिप सडकबाट १५० मिटर तल खसेको छ।