पूरै मन्त्रिमण्डल धार्मिकस्थल जाँदा राजनीति हुन्छ : डा. बाबुराम भट्टराई - Chaitanya News
  • 2026-11-16
  • 08:52:29
  • सोमबार,मंसिर ०१, २०८३
  • पूरै मन्त्रिमण्डल धार्मिकस्थल जाँदा राजनीति हुन्छ : डा. बाबुराम भट्टराई

    पूरै मन्त्रिमण्डल धार्मिकस्थल जाँदा राजनीति हुन्छ : डा. बाबुराम भट्टराई

    काठमाडौं- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूरै मन्त्रिमण्डल धार्मिकस्थल जाँदा त्यो राजनीति हुने र प्रश्न उठ्ने बताएका छन्।

    शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरू पशुपतिनाथ मन्दिर गएपछि डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन्।

    उनले ट्विटरमा लेखेका छन्, ‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’ ? एक्लै कोही कुनै धार्मिकस्थल जाँदा प्रश्न उठाउन मिल्दैन; त्यो उसको निजी आस्थाको कुरा हो तर जब पूरै मन्त्रिमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ।’