चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1080 of 1115
  • 2026-10-15
  • 17:40:39
  • बिहिबार,आश्विन २९, २०८३

About Author

बैंक अफ काठमाण्डूको नयाँ योजना सार्वजनिक

काठमाडौं– बैंक अफ काठमाण्डूले डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण ई–कमर्श कारोबारमा नगद फिर्ता योजना ल्याएको छ। बैंकले नेपालीहरूको आउँदै गरेको चाडपर्वलाई लक्षित गरी उक्त योजना ल्याएको बताएको छ। बैंकको कार्डबाहक ग्राहकहरूले विभिन्न ई(कमर्श प्याटफर्मबाट सामान तथा सेवा खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म नगद फिर्ता पाउने बैंकले बताएको छ। यस योजना भादौ २२ गतेबाट सुरू हुनेछ । यस योजना अन्तर्गत बैंकको कार्डबाहक ग्राहकहरूले नगद फिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ई(कमर्श कारोबार गर्नुपर्ने छ र कारोबार रकम १० हजार रुपैयाँ वा सो भन्दा बढी रकम हुनपर्ने बताइएको छ। यदि कोही ग्राहकहरूको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने ग्राहकले बैंकको वेबसाइटमा गइ आफैँ कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन्। यस योजनाले ग्राहकहरूलाई धेरै फाइदा हुने भएकोले यस योजनामा ग्राहकहरूको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ। हालसम्म बैंकले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

News by बैंक अफ काठमाण्डूको नयाँ योजना सार्वजनिक :