मकवानपुरका दुवै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि माओवादीबाट पाँच जनाको नाम सिफारिस - Chaitanya News
  • 2026-06-06
  • 06:46:24
  • शनिबार,जेठ २३, २०८३
  • मकवानपुरका दुवै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि माओवादीबाट पाँच जनाको नाम सिफारिस

    मकवानपुरका दुवै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि माओवादीबाट पाँच जनाको नाम सिफारिस

    हेटौँडा– नेकपा माओवादी केन्द्रले मकवानपुरका दुवै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

    माओवादी केन्द्र मकवानपुर समन्वय समितिको बैठकले क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य प्रह्लाद लामिछाने, जीवन गोले र वसन्त कुमार लामाको नाम सिफारिस गरेको छ।

    त्यस्तै, क्षेत्र नम्बर २ बाट पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको नाम सिफारिस भएको जिल्ला सचिव भीमबहादुर पाख्रिनले बताए।