सांसदहरू १–२ महिनाको तलबका लागि मरिहत्ते गर्छन् भन्ने सन्देश गयो : महामन्त्री थापा - Chaitanya News
  • 2026-04-22
  • 03:55:02
  • मंगलबार,बैशाख ०८, २०८३
  • सांसदहरू १–२ महिनाको तलबका लागि मरिहत्ते गर्छन् भन्ने सन्देश गयो : महामन्त्री थापा

    सांसदहरू १–२ महिनाको तलबका लागि मरिहत्ते गर्छन् भन्ने सन्देश गयो : महामन्त्री थापा

    काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिदेखि नै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताका छन।

    मङ्गलवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै महामन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने भन्दा पनि चुनावका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे। उनले पछिल्ला केही समययता आएर सांसदहरू एक–दुई महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने सन्देश बाहिर गएको उल्लेख गर्दै संसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देश प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यकता पनि औँल्ए।

    महामन्त्री थापाले भन्नुभयो, ‘प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको विषयमा संसदभित्र र संसदबाहिर पनि चासाको विषय बन्यो। हामीले समयको ख्याल गर्नुपर्छ भन्ने कुराको यो प्रमाण हो। हामीले संविधानका जुन खालको व्यवस्था गरेको छौँ– तीन तहको सरकार, संसद्, त्यसको चुनाव अवधिहरू तोकेका छौँ। त्यसको कार्यकालको सन्दर्भमा ऐनबाट हामीले स्पष्ट व्यवस्था गर्नुपर्नेछ। त्यो काम हामीले समयमै गर्न चुक्दा यो खालको स्थिति सिर्जना भएको छ। एकरदुई महिनाको तलबका लागि सांसदहरू मरिहत्ते गरिरहेका भन्ने ढङ्गबाट बाहिर बुझिएको छ, बुझाइएको छ। संसद्को प्रतिष्ठाका लागि हामी एक ठाउँ उभिनुपर्छ। हामी उभिएनौँ भनेदेखि त्यसको दाग हामी सबैलाई लाग्छ।’

    महामन्त्री थापाले मतपरिणाम घोषणा भएको अन्तिम दिनदेखि आधार मानी प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल तोक्नुपर्ने पनि बताए।